Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

  • काठमाडौँ। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो सवा १ बजे संसद भवन, नयाँबानेश्वरमा बस्ने भएको छ।

    आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल जारी रहने कार्यक्रम छ।

    साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि संसदमा पेश गर्ने कार्यसूची तय गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij