Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

भक्तपुर प्रहरीद्वारा राजस्व छली गरी ल्याइएको करिब ७२ लाखको मालवस्तु नियन्त्रणमा

भक्तपुर प्रहरीद्वारा राजस्व छली गरी ल्याइएको करिब ७२ लाखको मालवस्तु नियन्त्रणमा

  • वीरगञ्ज । भक्तपुर प्रहरीले भन्सार छली चोरी तस्करीको मालवस्तु नियन्त्रणमा लिएको छ ।भक्तपुर प्रहरी परिसरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीले जनाए  अनुसार  विश्वसनीय सूचनाका अधारमा जगातीमा करिब ७२ लाख बराबरको मालवस्तुसहित गाडी नियन्त्रणमा लिइएको हो ।

    भक्तपुर प्रहरीको सामाजिक सञ्जालमा जनाइए अनुसार आइतबार २८ वैशाखको राती साढे १० बजे बा ४ ख ७६० नम्बरको टाटा ट्रकसहित तस्करीको माल बरामद गरिएको  जनाइएको छ ।परालको भुस बोकेर सर्लाहीबाट काठमाडौँ आउँदै गरेको उक्त ट्रकमा भन्सार चोरी पैठारी गरी ल्याइएका कुर्ता सुरुवाल ३८८७ थान, धाराको पाट पुर्जा ३९८, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० राल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस गरी करिब ७२ लाखको सामान रहेको प्रहरीले जनाएको छ ।
    गाडीसँगै दोलखाका ४७ वर्षीय ड्राइभर लक्ष्मण थामी रहेको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij