Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

नेपाल वेयरहाउजिङ कम्पनीको नोक्सानी घट्यो, खर्च र वित्तीय लागतमा उल्लेख्य कमी

नेपाल वेयरहाउजिङ कम्पनीको नोक्सानी घट्यो, खर्च र वित्तीय लागतमा उल्लेख्य कमी

  • काठमाडौं ।  नेपाल वेयरहाउजिङ कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ७५ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ। यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय सुधार हो, किनभने गत वर्ष सोही समयमा कम्पनीले १४ करोड २ लाख रुपैयाँ नोक्सान ब्यहोरेको थियो।

    कम्पनीले आम्दानी बढाउनुका साथै खर्चमा नियन्त्रण गरेपछि नोक्सानीमा उल्लेख्य कमी आएको हो। चालु त्रैमासमा व्यवसाय सञ्चालन र अन्य स्रोतबाट २ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको छ। साथै, वित्तीय लागत ५५.२९ प्रतिशतले घटेर ३ करोड ६६ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ८ करोड २० लाख रुपैयाँ थियो।

    यसको परिणामस्वरूप, कम्पनीको कुल खर्च ३७.३७ प्रतिशतले घटेर ९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।

    वित्तीय सूचकहरूमध्ये, कम्पनी अहिले प्रति शेयर नोक्सानी  ९.८० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७२.११ रुपैयाँ कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij