
काठमाडौ । सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत अमृतपुर सह–लगानी खानेपानी आयोजना, तुलसीपुरमा नगर विकास कोषको रु. ५ करोड ९१ लाख ३४ हजार ७५० रुपैया ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।
सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा उपभोक्ताको संयुक्त सह लगानीमा निर्माण हुने अमृतपुर सह(लगानी खानेपानी आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक ९खानेपानी आपूर्ति तर्फ०को लागत रु .२३ करोड ६५ लाख ३९ हजारको २५५ ले हुने रकम रु. ५ करोड ९१ लाख ३४ हजार ७५० रुपैया कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डित र अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष चन्द्र कान्त शर्मा बीच मिति २०८२ बैशाख २८ गते ऋण सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका प्रमूख टिकाराम खड्काले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो ।सम्झौता कार्यक्रममा अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव दशरथ वली, कोषाध्यक्ष केशव बहादुर वली, व्यबस्थापक शुशिल कुमार काफ्ले सहित कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३, ८ र ९ सेवा क्षेत्र रहेको उक्त आयोजनाको लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात ४९१४ घरधुरीका २२५९६ जनसंख्या लाई २४ सै घण्टा खानेपानी सेवा पुयाउने लक्ष्य रहेको छ ।
ऋण सम्झौता कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्षले आयोजनाको विविध पक्षलाई मूल्यांकन गदै कोषबाट प्राप्त ऋण सहयोगले आयोजनालाई समयमा सम्पन्न गर्न महत्वपूर्ण सहयोग भएको विचार व्यक्त गर्नुभएको थियो ।तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका प्रमूख टिकाराम खड्काले यो आयोजना नगरपालिकाकाकै अत्यन्त महत्वपूर्ण आयोजना भएकोले नगरपालिकाकाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
नगर विकास कोषका कार्यकारी निर्देशकले आयोजनाको सफल कार्यान्वयनका लागि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट आयोजनाको निर्माण चरणमा आयोजनाको निरिक्षण र अनुगमनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । कार्यकारी निर्देशकले उपभोक्ता संस्थाको संस्थागत विकासमा नगर विकास कोषको सहयोग रहने बताउँदै आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij