Logo

May 16 2025 | २०८२, जेठ ४गते

May 16 2025 | २०८२, जेठ ४गते

images

रैथाने कृषिबालीको जैविक संरक्षणका विषय पाठ्यक्रममा समावेश गराउन सांसदको माग

रैथाने कृषिबालीको जैविक संरक्षणका विषय पाठ्यक्रममा समावेश गराउन सांसदको माग

  •  

    काठमाडौँ । शैक्षिक संस्थाको पाठ्यक्रममा रैथाने कृषिबालीको जैविक संरक्षणका विषय समावेश गराउन सांसदले माग गर्नुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांगे्रसकी सांसद सीताकुमारी राणाले रैथाने कृषि उत्पादनले मानव स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले शैक्षिक पाठ्यक्रममा यस विषयलाई अनिवार्य समेट्नुपर्ने बताउनुभयो । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयमा चामल, कोदो, आलुलगायतको रैथाने उत्पादनका परिकार खाजाको रूपमा व्यवस्था लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

     

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद शान्ति चौधरीले वर्षायाम सुरु हुन लागेकाले देशैभरका निर्माणाधीन सडक समयमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनको माग गर्नुभयो । 

     

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद सुदन किरातीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसँगै विद्युत्मा समस्या देखिएकाले सरकाकरको ध्यानाकर्षण गराउनुभयो । 

     

    एमालेकी सांसद सुनिता बरालले भोलिदेखि सुरु हुने सगरमाथा संवादमा जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्त्विजस्ता महत्त्वपूर्ण विषयवस्तु समेटिएको बताउनुभयो । यसले नेपाललाई विचार विमर्श र समस्या समाधानका केन्द्रको रूपमा चिनाउने अवसर प्रदान गरेको उहाँले बताउनुभयो । 

     

    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद सुमना श्रेष्ठले घोकन्ते विद्यालाई भन्दा व्यावहारिक विद्यालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।  

     

    कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत सदरमुकाम तौलिहवाका विभिन्न स्थानमा सडक जीर्ण रहेकाले त्यहाँका स्थानीयवासीले वर्षौँदेखि कष्ट भोगिरहेको बताउनुभयो ।  यस विषयमा सरकारले ध्यान दिनुपर्ने उहाँको माग थियो । 

     

    कांग्रेसकी सांसद सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाई करमा विभेद गर्नु नहुने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij