Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

देशभर मौसममा पश्चिमी प्रणालीको प्रभाव, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशभर मौसममा पश्चिमी प्रणालीको प्रभाव, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  • काठमाडौँ ।हाल नेपालमा पश्चिमी वायु प्रणाली र स्थानीय वायुले प्रभाव जमाइरहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत मौसममा आंशिक असर पु-याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस प्रभावका कारण देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij