Logo

May 17 2025 | २०८२, जेठ ३गते

May 17 2025 | २०८२, जेठ ३गते

images

देशभर बदलीदेखि वर्षासम्मको अवस्था, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर बदलीदेखि वर्षासम्मको अवस्था, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • काठमाडौं। अहिले देशभरको मौसममा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ।

    हालको मौसम अवस्था हेर्दा, मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बादल लागेको छ भने अन्य क्षेत्रमा मौसम सामान्यतया खुल्ला देखि आंशिक बदलीको अवस्थामा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हाल मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो अपडेटअनुसार, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य प्रदेशहरूमा मौसम प्रायः खुल्ला वा आंशिक बदली रहने सम्भावना छ। यी प्रदेशका पहाडी भागहरूका केही स्थानहरूमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

    रातिको समयतिर मौसममा फेरि केही परिवर्तन आउनसक्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागहरूमा एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना कायमै छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij