Logo

May 18 2025 | २०८२, जेठ ४गते

May 18 2025 | २०८२, जेठ ४गते

images

नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले विभिन्न विशिष्टता तथा शर्तका आधारमा बैंक तथा वित्तीय संस्थाहरूबाट २१ दिनका लागि २४ अर्ब रुपैयाँ तान्न लागेको हो । 

    राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जेठ ४ गते आज तीन बजे दिउँसोसम्म अनलाइड बिडिङ सिस्टम सफ्टवेयरको उपयोग गरी निक्षेप संकलनमा सहभागी हुन ब्याजदर उल्लेख गरी प्रस्ताव गर्न पाउने भएका छन् ।

    यो निक्षेप संकलनमा भाग लिनेहरूले तोकिएको शर्तको अधीनमा रही बोलकबोलको आवेदन दिनपर्ने जारी सूचनामा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij