
काठमाडौंँ । प्रहरीले काठमाडौंको जुद्ध सालिक क्षेत्रबाट २४ वर्षीय एक युवकलाई २० लाख रुपैयाँभन्दा बढी नगद रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाहबिसे–४ पलाती घर भइ काठमाडौंको पेप्सीकोला बस्ने २४ वर्षीय संजय बस्नेत हुन् ।
प्रहरीले आइतबार दिउँसो उनलाई नियन्त्रणमा लिएको जनाइएको हो। खानतलासी गर्दा उनको साथबाट नगद २० लाख २९ हजार ६ सय २० रुपैयाँ र हस्ताक्षर गरेको तथा खाली विभिन्न बैंकका ३० वटा चेक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
रकमको विश्वसनीय स्रोत खुलाउन नसकेकाले उक्त रकम हुन्डीको भएको प्रहरीको शंका छ। रकमसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij