Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्न आदेश

रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्न आदेश

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेको अदालतले बताएको छ ।

    विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न  उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

    त्यसपछि  चौधरीले पक्राउ गरी डिल्लीबजार चलान गरिएको थियो । पछि थाहा पाएपछि सर्वोच्च अदालत प्रशासनले त्यो पत्र गलत भएको भनी अर्को पत्र पठाइ चौधरीलाई रिहा गर्न लगाएको थियो भने विष्टलाई कारबाहीका लागि पठाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij