
काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने दरपिठलाई सदर गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपिठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी सार्वजनिक गरेका हुन् । यो आदेशसँग पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ ।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । तर उनको अयोग्यतासम्बन्धी प्रश्नमा सर्वोच्च अदालतमा परीक्षण हुन सक्ने अवस्था विद्यमान रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij