Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

चालु आवको दश महिनामा पौने १७ खर्ब बढीको वैदेशिक व्यापार हुँदा व्यापार घाटा साढे १२ खर्ब बढी

चालु आवको दश महिनामा पौने १७ खर्ब बढीको वैदेशिक व्यापार हुँदा व्यापार घाटा साढे १२ खर्ब बढी

  • काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) मा १६ खर्ब ९२  अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागकाे आज प्रकाशित तथ्यांकमा उल्लेख छ  । गत  वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।

    चालु वर्षको १० महिनाको अवधिमा आयात निर्यात दुवै बढेको छ । ८७.१२ प्रतिशतको आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ । यसअनुसार देशको व्यापार घाटा साढे १२  खर्ब नाघेको छ ।वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा भएको  विभागकाे तथ्याङ्कमा छ  ।  अघिल्लो वर्षको सोही  अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो । 

    चालू वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्याङ्कमा  छ । अघिल्लो वर्षको सोही  अवधिमा १३ खर्ब ३ अर्ब ३५  करोड रुपैयाँको वस्तु आयात भएको थियो ।तथ्याङ्क अनुसार आयातमा १३.११ प्रतिशतले वृद्धि भएको देखिन्छ । साथै यो वर्षको वैशाख मसान्तसम्म निर्यातमा ७२.७१ प्रतिशतले वृद्धि भएको छ  ।

    विभागका अनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ  । गत  वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij