
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल १० लाख इकाई ऋणपत्र बिक्री गर्नेछ।
यस अन्तर्गत ४ लाख इकाई ९४० करोड रुपैयाँ बराबर० सर्वसाधारणका लागि सार्वजनिक रूपमा जारी गरिनेछ, भने बाँकी ६ लाख इकाई (६० करोड रुपैयाँ) विभिन्न संघसंस्थाहरूलाई व्यक्तिगत रूपमा बिक्री गरिनेछ।
‘शाइन रेसुंगा डेभलपमेन्ट बैंक डिबेन्चर, २०९१’ नाम दिइएको यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ, जसमा वार्षिक ८ प्रतिशत ब्याज प्रदान गरिनेछ। यस डिबेन्चरको बिक्री व्यवस्थापनको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडले लिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij