
काठमाडौं । मोबाइल र मोबाइलका पार्टपूर्जा तस्करी गर्नेहरू सामानसहित पक्राउ परेका छन् । प्रहरीले आठ जनालाई काठमाडौंको चमती एरियाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा झापाको गौरीगंज गाउँपालिका-१ देवीघाडाका २७ वर्षीय रोशनकुमार महतो, भारतीय नागरिक ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा, भारतकै ३० वर्षीय दीपक शेकर, भारतका ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, भारतकै ४० वर्षीय सत्यनारायण कुष्णमुर्थी, भारतीय नागरिक ३१ वर्षीय मोहमद रेहान र भारतीय नागरिक २४ वर्षीय रौनक ठाकुर प्रहरीले जनाएको छ ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करीका समानहरु सहित पक्राउ गरेको हो । उनीहरुले मोबाइल र मोबाइलका पार्टपूर्जा भन्सार छलेर ल्याई चमीतमा भण्डारण गर्ने बेच्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी सार्वजनिक गरेका हुन् ।
यसैगरी प्रहरीले १६८ थान अवैध मोबाइल सहित २ जना नियन्त्रणमा लिएको हो । जेठ ६ गते मंगलाबार करिब ९बजेतिर काठमाडौं महानगरपालिका ३२ बालकुमारी स्थित सडक खण्डमा चेकजाँचको क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले भिभो ३० थान, सामसङ २५ थान, ओप्पो १७ थान, रियलमी १६ थान, रेडमी १३ थान, आईफोन १३ थान, वान प्लस १० थान, मोटरोला ६ थान, नोकिया ३ थान र अन्य कम्पनीका३५ थान गरी जम्मा १६८ थान अवैध मोबाइलहरू सहित २ जना मानिसहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धानभइरहेको प्रहरीले जाएको छ । पक्राउ परेकाहरू जिल्ला नुवाकोट, विदुर नगरपालिका १३ घर भइ काठमाडौं बाफल बस्ने वर्ष २४ को शंखर श्रेष्ठ र २. जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका २ बस्ने वर्ष २३ को कुशल शिल्पकार रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij