Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

१७औँ   गणतन्त्र दिवस २०८२को अवसरमा वृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना गर्दै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन

१७औँ   गणतन्त्र दिवस २०८२को अवसरमा वृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना गर्दै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन

  • काठमाडौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले १७औं गणतन्त्र दिवस २०८२को अवसरमा वृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ  । लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको गणतन्त्रलाई सफल बनाउन १७ औं गणतन्त्र दिवस, २०८२ को अवसरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले  वृहत जन सांस्कृतिक कार्यक्रम आयोजना  गर्न लागेको जनाएको हो ।

    नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम हुने जनाइएको छ । निजामती केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा “जनताको सपना” भन्ने नाटक तथा नेपाली राष्ट्रियता झल्किने “वृहत जनसांस्कृतिक कार्यक्रम“ सहित विभिन्न कार्यक्रमहरूको आयोजना हुने  संगठनले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

    photo1.jpg

    संगठनका महासचिव डिलाराम खनालले सो कार्यक्रम जेठ १५ गते नेपाल प्रज्ञा भवन कमलादी काठमाडौँमा विहान ११ बजेदेखि ५ वजेसम्म हुने जारी गरेको विज्ञप्तिमा जनाएका छन् । वृहत जन–सांस्कृतिक कार्यक्रम–२०८२मा जीवन शर्मा , शम्भु राई , विष्णु खत्री , टिका पुन , नविन खड्का ,भंकार बुढा, स्मिता दाहाल, सुबोध गौतम लगायतका कलाकारको सहभागिता रहनेछ । नाटकका परिकल्पनाकार अम्बादल भट्ट र लेखन निर्देशन रामबाबु रेग्मीको रहेको जनाइएको छ । कार्यक्रममा मौलिक नृत्यहरुमा हुड्के नाच, मयुर नाच , कौडा नाच,  नेवा÷तामाङ सेलो , भोजपुरी नाच , मारुनी नाच आदि समावेश गरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij