Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सरकारको नीतिगत त्रुटिका कारण बढ्यो मोबाइल चोरी तस्करी

सरकारको नीतिगत त्रुटिका कारण बढ्यो मोबाइल चोरी तस्करी

  • काठमाडौँ । सरकारको नीतिगत त्रुटिका कारण मोबाइलको चोरी तस्करी बढेको व्यवसायीहरूले बताएका छन् ।व्यवसायिक वातावरण बनाउका लागि स्थिर नीति आवश्यक रहेको  बताउँदै नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्राले यस्तो बताएका हुन् ।बिहीबार अर्थसमितिको बैठकमा आगामी आवका लागि सुझाव दिँदै मल्होत्राले नीतिगत त्रुटिका कारण मोबाइलमा चोरी पैठारी बढेको बताए ।

    उनका अनुसार ७.८ प्रतिशत भ्याट हुँदा शून्य चोरी पैठारी थियो । अहिले १३ प्रतिशत भ्याट र ५ प्रतिशत एक्ट्रा ड्युटी लगाइएको छ । अनि मोबाइलको चोरी पैठारी बढेको छ । अहिले वर्षेनी ३० अर्ब बराबको मोबाइल अवैधानिक बाटोबाट आइरहेको उनले बताए । यसले गर्दा राज्यको राजस्वमा पनि असर परेको उनले जनाए । आगामी बजेटमा उत्पादन र कृषि क्षेत्रका लागि पनि बजेटमा ठोस व्यवस्था आवश्यक रहेको बताउँदै उनले  पर्यटन क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

    सवारी साधानको प्रदुषण मापदण्डमा गरिएको व्यवस्थामा विस्तारै सुधार गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार ३ युरोका गाडी एकै पटक ६ युरोमा आउन सक्दैन । अहिले ३ युरो रहेको गाडीलाई युरो ४, युरो ५ हुँदै विस्तारै ६ मा पु¥याउनु पर्छ । विद्युतीय गाडीमा ६–६ महिनामा भन्सार परिवतर्न हुने गरेको छ । यस्ता विषयमा आगामी आवको बजेटमा यस्ता व्यवस्थाहरुलाई परिवर्तन गर्नुपर्ने उनले सुझाउ दिए । 

    जग्गामा लाग्ने रजिष्टे«सन दस्तुर पनि निकै महँगो भएको बताउँदै उनले नेपालमा रजिष्ट्रेसन दर ५ प्रतिशत रहेको भन्दै यो २ प्रतिशतमा झार्नुपर्ने आवश्यकता औँल्याए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij