
काठमाडौँ । सार्वजनिक लेखा समितिका छानबिन उपसमितिहरूलाई एक महिना भित्र प्रतिवेदन बुझाउन आग्रह गरिएको छ ।प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरुलाई यस्तो आग्रह गरेको हो ।
समितिको आजको बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एक महिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिए ।
समितिमा उजुरीहरुको छानबिनका लागि विभिन्न समयमा ९ वटा उपसमिति गठन गरिएका छन् । ती उपसमितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनिएको हो । समितिमा ४८ उजुरी परेको थियो । ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो ।बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरुले सम्यमित भएर प्रस्तुत हुन आग्रह गरेका थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij