Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

लक्ष्मी उन्नति कोषको एनएभी वृद्धि, तर म्युचुअल फन्डहरूको समग्र नाफा घट्यो

लक्ष्मी उन्नति कोषको एनएभी वृद्धि, तर म्युचुअल फन्डहरूको समग्र नाफा घट्यो

  •  

    काठमाडौं ।  लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित ६ वटा म्युचुअल फन्डमध्ये चार फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ० वैशाख महिनामा अघिल्लो महिनाको तुलनामा घटेको छ भने दुई फन्डको मात्र न्याभमा वृद्धि देखिएको छ। समग्र रूपमा हेर्दा यी फन्डहरूको नाफा अघिल्लो महिनाको तुलनामा कमी आएको छ।

    लक्ष्मी उन्नति कोषको न्याभ वैशाखमा २ पैसाले वृद्धि भई ११ रुपैयाँ ५५ पैसामा पुगेको छ, जुन चैतमा ११ रुपैयाँ ५३ पैसा थियो। फन्डले वैशाख मसान्तसम्म ५६ करोड ९५ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ, जुन चैतमा ६५ करोड ३९ लाख रुपैयाँ थियो—यसले सेयर होल्डिङमा केही गिरावट आएको संकेत गर्छ।

    फन्डको बैंक मौज्दात वैशाख मसान्तसम्म १५ करोड ४२ लाख रुपैयाँ रहेको छ। नाफाको हिसाबले पनि लक्ष्मी उन्नति कोषले प्रगति देखाएको छस चैतमा ९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएकोमा वैशाखमा यो नाफा बढेर ९ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij