Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

नबिल इन्भेष्टमेन्टका म्युचुअल फन्डको वैशाखमा न्याभ र नाफा घट्यो

नबिल इन्भेष्टमेन्टका म्युचुअल फन्डको वैशाखमा न्याभ र नाफा घट्यो

  •  

    काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्ड—नबिल ब्यालेन्स्ड फन्ड–२, नबिल ब्यालेन्स्ड फन्ड–३ र नबिल फ्लेक्सी क्याप फन्ड—को वैशाख महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ० घटेको छ। अघिल्लो महिनाको तुलनामा यी तीनवटै फन्डको नाफा पनि घटेको देखिन्छ।

    नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ वैशाख मसान्तमा ५ पैसाले घटेर ११ रुपैयाँ ४५ पैसा पुगेको छ, जुन चैतमा ११ रुपैयाँ ५१ पैसा थियो। यस फन्डले वैशाखसम्म ९० करोड ६१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ, जुन चैतमा ९४ करोड ४० लाख रुपैयाँ थियो। यद्यपि, बैंक मौज्दात बढेर १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन चैतमा १३ करोड ३० लाख रुपैयाँ थियो। फन्डको नाफा पनि घटेर १५ करोड ८२ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो महिनामा १६ करोड ५० लाख रुपैयाँ थियो।

    नबिल ब्यालेन्स्ड फन्ड–३ को न्याभ वैशाख मसान्तमा ४ पैसाले घटेर ११ रुपैयाँ १९ पैसा पुगेको छ। चैतमा यो ११ रुपैयाँ २३ पैसा थियो। वैशाखमा फन्डले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको छ, जुन चैतमा १ अर्ब १० करोड ६४ लाख रुपैयाँ थियो। बैंक मौज्दात भने बढेर १८ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो महिनामा १३ करोड २८ लाख रुपैयाँ थियो। तर, फन्डको नाफा घटेर १६ करोड ३५ लाख रुपैयाँमा झरेको छ, जुन चैतमा १६ करोड ८१ लाख रुपैयाँ थियो।

    नबिल फ्लेक्सी क्याप फन्ड को न्याभ वैशाख मसान्तमा ३ पैसाले घटेर ११ रुपैयाँ ३४ पैसा कायम भएको छ। चैतमा यो ११ रुपैयाँ ३८ पैसा थियो। यो फन्डले वैशाखमा ८९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको छ, जुन अघिल्लो महिनाको ८१ करोड ५७ लाख रुपैयाँभन्दा बढी हो। तर, बैंक मौज्दात घटेर १८ करोड रुपैयाँमा झरेको छ, जुन चैतमा २९ करोड २७ लाख रुपैयाँ थियो। फन्डको नाफा पनि घटेर ७ करोड २ लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो महिनामा ७ करोड ४५ लाख रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij