
काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशक(डीजी) बन्न सहसचिवहरूको दौडधुप सुरु भएको छ ।अहिले बहालवाला विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे सेवा निवृत हुन लागेपछि विभागको महानिर्देशक बन्न सहसचिवहरूको दौड सुरु भएको हो ।
विभागका महानिर्देशक घिमिरे असार १५ गते सेवा निवृत हुँदै छन् । विभागको महानिर्देशक बन्न सहसचिवहरू तीर्थराज चिलुवाल, सुमन दाहाल, सेवन्तक पोखरेललगायतका सहसचिवहरू दौडमा लागेका छन् । चिलुवाल आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक छन् भने दाहाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक छन् । यसैगरी सेवन्तक पोखरेल अर्थ मन्त्रालयमा छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij