
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा ९४२ मेगावाट विद्युत् उत्पादन थप गर्ने लक्ष्य लिएको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो विद्युत् उत्पादन राष्ट्रिय प्रणालीमा समावेश भई कुल उत्पादन क्षमता ४ हजार ७ सय मेगावाट पुग्ने जानकारी दिएका हुन्।
यो लक्ष्यसँगै सरकारले ऊर्जा आत्मनिर्भरताको दिशामा ठोस प्रगति गर्ने, आन्तरिक खपतसँगै विद्युत् निर्यातसमेत बढाउने योजना बनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij