
काठमाडौँ । सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका लागि उक्त बजेट विनियोजन गरेका हुन् । सरकारले सौर्य, जैविक तथा वायु ऊर्जामा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताएको छ ।
अर्थमन्त्री पौडेलले विद्युत आपूर्ति अवरुद्ध सूचना स्वचालित वितरण केन्द्रमा प्राप्त हुने र तत्काल मर्मत गरिने व्यवस्था मिलाइने बताए । उनले विद्युत् चुहावट न्यूनीकरण गरिने पनि बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij