Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा यातायातका चार जना कर्मचारी विरुद्ध मुद्दा दायर

कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा यातायातका चार जना कर्मचारी विरुद्ध मुद्दा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात  कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा  यातायातका ४ जना कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।आयोगले  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा ०१–०८–००८३६६८७  सभ्यता केसीको मा बी एड हुनुपर्नेमा ०१–०८–०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

    रुपन्देही यातायातका तत्कालीन कम्प्युटर अपरेटर पराजुली र यातायात तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट ०७८ साल चैत ७ गते जारी भएको अरु नै आवेदकको आइडी ८४०१६८५ मा जारी भएको क्याटेगोरी बी– कार, जीप डेलिभरी भ्यानको सवारी चालक अनुमपतिपत्रको विवरण परिवर्तन गरी ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई लाइसेन्स दिएको पाइएको हो ।

    केसीले यातायात व्यवस्था तथा नियमावली बमोजिम प्रक्रियामा भाग नलिइ नियतवश कागजात कीर्ते गर्ने कार्यमा संलग्न रहेको र नक्कली लाइन्सेस प्रयोग गरेको भन्दै मुख्य कसुरदारसरह नै सजाय माग दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij