
काठमाडौँ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको जानकारी दिएको छ।
निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ११ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ०९ पैसाले बढेर आएको हो। सोहीअनुसार आन्तरिक समायोजन गरिएको निगमले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij