Logo

Jun 02 2025 | २०८२, जेठ १९गते

Jun 02 2025 | २०८२, जेठ १९गते

images

देशभरि आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभरि आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ, भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुनसक्ने जनाइएको छ।

    रातिको समयमा पनि अधिकांश स्थानमा आंशिकदेखि साधारण बदली रहनेछ भने पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा जारी रहने सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij