Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ३५ अर्ब बढी

निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ३५ अर्ब बढी

  • काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूबाट ३५ अर्ब बढी बीमा शुल्क आर्जन भएको छ ।चालु आर्थिक वर्षको १० महिनासम्ममा ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको हो ।१४ बीमा कम्पनीले २३ लाख ३५ हजार ५ सय ११ वटा बीमालेख जारी गरेर उक्त रकम बीमाशुल्क आर्जन गरेका हुन् । यसैगरी  थप चार निर्जीवन लघु बीमासहित २० कम्पनीले वैशाख मसान्तसम्म २६ लाख ६६ हजार ८८७ वटा बीमालेख जारी गरेर ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

    बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ४ अर्ब ६८ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी  सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ४ करोड १५ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ४७ करोड ९८ लाख, हिमालय एभरेष्टले ३ अर्ब ८ करोड १८ लाख, आईजीआई प्रुडेन्सियलले ३ अर्ब २ करोड ३७ लाख रुपैयाँ बीमशुल्क आर्जन गरेको छ । साथै  नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ८४ लाख, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड ६८ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड ३७ लाख, नेशनल इन्स्योरेन्सले ९२ लाख ९९ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड २३ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । एनएलजीले २ अर्ब ४२ करोड ४३ लाख, सानिमा जीआईसीले २ अर्ब ९ करोड ६३ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ९ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आजर्न गरेका छन् ।

    बीमा प्राधिकरणका अनुसार वैशाख मसान्तसम्म कम्पनीहरुको अधिकांश  बीमाशुल्क मोटर बीमाबाट प्राप्त  भएको छ ।  वैशाख मसान्तसम्म मोटर बीमाबाट कम्पनीहरुले १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यसैगरी  सम्पत्तिको बीमा गरेर ९ अर्ब ३ करोड ६९ लाख, इन्जिनियरिङ र ठेक्का मार्फत ६ अर्ब ६ करोड ३४ लाख, विविधमार्फत ३ अर्ब ८५ करोड ९ लाख, सामुद्रिकमार्फत २ अर्ब १० करोड २४ लाख रुपैयाँ, हवाईमार्फत १ अर्ब ९० करोड ११ लाखँ, पशुपन्छी तथा कृषितर्फ १ अर्ब ३५ करोड २ लाख रुपैयाँ र लघुतर्फ ७८ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij