Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

कुरियर एण्ड कार्गो कम्पनी ‘नेपाल क्यान मुभ’ले कसरी छल्यो अर्ब बढी राजस्व ? दुई सञ्चालक र सीईओ राजस्वको थुनामा

कुरियर एण्ड कार्गो कम्पनी ‘नेपाल क्यान मुभ’ले कसरी छल्यो अर्ब बढी राजस्व ? दुई सञ्चालक र सीईओ राजस्वको थुनामा

  • काठमाडौँ । नेपालको सबै भन्दा ठुलो कुरियर एण्ड कार्गो कम्पनी नेपाल क्यान मुभले सय करोड भन्दा बढी राजस्व छलेको पाइएको छ ।राजस्व अनुसन्धान विभागले केही महिना अगाडि नेपाल क्यान मुभको मुख्य कार्यालयमा छापामारी अनुसन्धान गर्दा १ अर्ब बढी राजस्व छली भएको निष्कर्ष निकालेको हो ।

    समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ प्रालिको कारोबार र उसको हिसाबकिताबको अनुसन्धान गर्दा १ अर्ब राजस्व छली गरेको निष्कर्ष निकाल्दै सोही बराबरको रकम धरौटी राख्न भनेको छ । आयकर ,मूल्य अभिवृद्धि करलगायत शीर्षकका करहरू छलेको पाइएपछि राजस्व अनुसन्धान विभागले केही महिनाअगाडि छापा हानेर नेपाल क्यान मुभका कागजात र कारोबारको अनुसन्धान गरिरहेको थियो ।

    विभागले ठुलो मात्रामा राजस्व छली गरेको निष्कर्षसहित धरौटी राख्न नेपाल क्यान मुभका सञ्चालकहरूलाई भनेको थियो । तर नेपाल क्यान मुभका सञ्चालकहरूले राजस्व अनुसन्धान विभागले तोकेको धरौटी रकम झण्डै सय करोड रुपैयाँ धरौटी जम्मा गर्न नसकेपछि केही दिन यतादेखि नेपाल क्यान मुभका केही सञ्चालक र त्यसका सीईओ राजस्व अनुसन्धान विभागको थुनामा छन् । समाचार स्रोतका अनुसार नेपाल क्यान मुभका सञ्चालकद्वय मनिषप्रसाद आचार्य र गंगाबहादुर थापा तथा सीईओ संगम पौडेल केही दिन यतादेखि राजस्वको थुनामा रहेका छन् । 

    नेपाल क्यान मुभले मालवस्तुको आयात र निर्यात गर्न कार्गो सेवा , नेपाल भित्र र विदेशमा कुरियर र डेलिभरी सेवा , लजिस्टिक  र गोदाम व्यवस्थापन सेवा , मालवस्तुको थल र जल वायु ढुवानीलगायतका  सेवामूलक कामहरू गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij