Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर आवेदन म्याद असार ३ सम्म थप

सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर आवेदन म्याद असार ३ सम्म थप

  •  

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले आफ्नो २७ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समयसीमा थप गरेको छ। अब लगानीकर्ताले असार ३ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअघि कम्पनीले हकप्रद सेयरका लागि जेठ १९ गतेसम्मको समय तोकेको थियो, तर सो अवधिमा अपेक्षित आवेदन नपरेपछि समय थप गरिएको हो।

    कम्पनीले वैशाख ३० गतेदेखि १:०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गरेको हो। हकप्रद सेयर भर्नका लागि वैशाख ५ गते बुक क्लोज गरिएको थियो, जसअनुसार वैशाख ४ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताले मात्र आवेदन दिन पाउने छन्।

    हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङले लिएको छ। इच्छुक लगानीकर्ताले उक्त बैंकिङ संस्थाका साथै सन नेपाल लाइफ इन्सुरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद सेयर जारीपछि ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँमा पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij