Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने म्याद १ दिन थप, अब जेठ २० सम्म

दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने म्याद १ दिन थप, अब जेठ २० सम्म

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले आफ्नो लिलामी सेयरमा आवेदन दिने समय एक दिन थप गरेको छ। अब लगानीकर्ताहरूले मंगलबार, जेठ २० गते कार्यालय समयसम्म लिलामी सेयरमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले यसअघि आवेदनको अन्तिम म्याद आज, जेठ १९ गतेसम्म तोकेको थियो। जेठ ११ गतेदेखि लिलामीमा ल्याइएका सेयरमध्ये संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ लाख ६५ हजार ९५६ कित्ता सेयर रहेको छ, जसको लकइन अवधि असार ७ गते समाप्त हुनेछ।

    त्यसैगरी, लकइनमा नपरेका सर्वसाधारण समूहका थप ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामीमा बिक्री गरिएका छन्। लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ आधार मानेर प्रतिस्पर्धात्मक गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।

    कम्पनीको सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्। यस लिलामीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij