Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो ,  प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ

सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो ,  प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ

  •  

    काठमाडौं ।  नेपाली बजारमा आज  सुनको भाउ एकैदिन तोलामा २,९०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ।

    यसअघि, सोमबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो।सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँ पुगेको हो। सोमबार चाँदीको भाउ १ हजार ९९० रुपैयाँ थियो।

    सुनचाँदीको भाउमा भएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असरका रूपमा लिइएको छ। पछिल्लो समय अमेरिका लगायत प्रमुख अर्थतन्त्रमा ब्याजदर, मुद्रास्फीति, र आर्थिक अनिश्चितताका कारण विश्व बजारमा सुनको माग बढ्दै गएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij