Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

जीवन बिमा कम्पनीहरूले १० महिनामा १ खर्ब ४० अर्बभन्दा बढी बिमा शुल्क आर्जन

जीवन बिमा कम्पनीहरूले १० महिनामा १ खर्ब ४० अर्बभन्दा बढी बिमा शुल्क आर्जन

  • काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा, अर्थात वैशाख मसान्तसम्ममा, जीवन बिमा क्षेत्रले १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बिमा शुल्क संकलन गरेका छन्। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, १४ वटा जीवन बिमा कम्पनी र ३ वटा लघु जीवन बिमा कम्पनी गरी १७ कम्पनीले यो बिमा शुल्क आर्जन गरेका हुन्।


    जीवन बिमा कम्पनीहरूको योगदान
    १४ वटा जीवन बिमा कम्पनीहरूले मात्र १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। तीमध्येस्

    प्रथम बिमा शुल्क: २७ अर्ब ४५ करोड १२ लाख रुपैयाँ

    वैदेशिक रोजगार बिमा शुल्क: २ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ

    नवीकरण बिमा शुल्क: १ खर्ब ९ अर्ब ४४ करोड ८० लाख रुपैयाँ

    लघु जीवन बिमा कम्पनीहरूको प्रदर्शन


    त्यसैगरी, ३ वटा लघु जीवन बिमा कम्पनीहरूले ९८ करोड २६ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन्, जसमास्

    प्रथम बिमा शुल्क: ५६ करोड ८१ लाख

    वैदेशिक रोजगार बिमा शुल्क: ३९ करोड ७८ लाख

    नवीकरण बिमा शुल्क: १ करोड ६६ लाख

    नेपाली बिमा बजारमा नेपाल लाइफको अग्रता
    वैशाख मसान्तसम्म बिमा शुल्क संकलनको आधारमा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ। यसले ३६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी बिमा शुल्क संकलन गरेको छ। त्यसपछि, नेसनल लाइफ ९१७ अर्ब २० करोड० र एलआईसी नेपाल (१५ अर्ब ५७ करोड) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

    वैशाख महिनामा मात्र १२ लाख बिमा लेख बिक्री
    प्राधिकरणको तथ्यांक अनुसार, वैशाख महिनामा मात्र १४ वटा जीवन बिमा कम्पनीहरूले १ खर्ब ६१ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बराबरको बीमांक भएको ४ लाख ९८ हजार ६३४ वटा बीमा पोलिसी बिक्री गरेका छन्।
    त्यस्तै, लघु जीवन बिमा कम्पनीहरूले १७ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ बराबरको बीमांक भएको ७ लाख ३६ हजार २५३ वटा बीमा लेख जारी गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij