Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बित

नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बित

  •  

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गर्ने निर्णय गरेका हुन्।

    गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरिएको आरोपमा एसएसपी पाण्डेसँग स्पष्टीकरण मागिएको थियो। तर, सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ।

    नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका पाण्डेको निलम्बनले काठमाडौं महानगरपालिकाभित्र प्रशासनिक विवाद चर्किएको संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij