Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

नेप्सेमा बोनस र हकप्रद सेयरको मूल्य समायोजन : नेसनल लाइफ, एनएलजी इन्सुरेन्स र बरुण हाइड्रोपावरको समायोजन विवरण

नेप्सेमा बोनस र हकप्रद सेयरको मूल्य समायोजन : नेसनल लाइफ, एनएलजी इन्सुरेन्स र बरुण हाइड्रोपावरको समायोजन विवरण

  •  

    काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार तीन कम्पनीका सेयरमा मूल्य समायोजन गरिएको छ। समायोजन भएका कम्पनीहरूमा नेसनल लाइफ इन्सुरेन्स, एनएलजी इन्सुरेन्स र बरुण हाइड्रोपावर रहेका छन्।

    नेसनल लाइफ इन्सुरेन्सको ५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरिएको हो। यस कम्पनीको अन्तिम कारोबार मूल्य ६२८.३६ रुपैयाँलाई आधार मानेर समायोजन गर्दा प्रति सेयर मूल्य ५९८.४४ रुपैयाँ कायम भएको छ।

    त्यस्तै, एनएलजी इन्सुरेन्सले वितरण गर्न लागेको २.५० प्रतिशत बोनस सेयरको आधारमा मूल्य समायोजन गरिएको छ। यसको अन्तिम कारोबार मूल्य ७६०.०२ रुपैयाँ रहेकोमा समायोजनपछि नयाँ प्रति सेयर मूल्य ७४१.४८ रुपैयाँ निर्धारण गरिएको छ।

    यसैगरी, बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेक्रममा मूल्य समायोजन गरिएको हो। कम्पनीको अन्तिम कारोबार मूल्य ४८०.७२ रुपैयाँलाई आधार मानी समायोजन गरिएको हो, यद्यपि समायोजित मूल्य स्पष्ट गरिएको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij