Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

नेपाल पुनर्बिमा कम्पनीको दोस्रो त्रैमासिकमा ५३ करोड नाफा, ५७.७१% वृद्धि

नेपाल पुनर्बिमा कम्पनीको दोस्रो त्रैमासिकमा ५३ करोड नाफा, ५७.७१% वृद्धि

  •  

    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिमा ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५७.७१ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको नाफा ३३ करोड ७७ लाख रुपैयाँ थियो।

    पुस मसान्तसम्म कम्पनीले कुल ४ अर्ब १६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संकलित बीमा शुल्क ३ अर्ब ३ करोड रुपैयाँ मात्र थियो। यद्यपि लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी ८७ करोड ३६ लाख रुपैयाँबाट घटेर ६२ करोड ७४ लाख रुपैयाँमा झरेको छ।

    तर, अन्य आम्दानी उल्लेखनीय रुपमा वृद्धि भएको छ। गत वर्षको ५ करोड ४४ लाख रुपैयाँको तुलनामा यस वर्ष अन्य आम्दानी ३१ करोड १९ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको कुल नाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको छ।

    हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँभन्दा बढी छ भने रिटेन्ड अर्निङ्समा ७६ करोड ४२ लाख रुपैयाँ जम्मा भएको देखिन्छ। कम्पनीको प्रति सेयर आम्दानी  ३.९७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४८.९६ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij