Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

फर्स्ट माइक्रोफाइनान्सले १ लाख ९ हजार संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य २८० रुपैयाँ

फर्स्ट माइक्रोफाइनान्सले १ लाख ९ हजार संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य २८० रुपैयाँ

  •  

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले १,०९,७८४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यो सेयरमा हालका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।

    इच्छुक संस्थापक सेयरधनीले जेठ २२ गतेदेखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। सेयर खरिदका लागि न्यूनतम २८० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ।

    बोलपत्र पेश गर्न इच्छुक संस्थापकले फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौं मा आवेदन दिनुपर्नेछ।

    कम्पनीले स्पष्ट पारेको छ कि यो अवधिमा कुनै संस्थापक सेयरधनीबाट आवेदन नआएमा, बाँकी सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij