Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

बाजुरा जिल्लाको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु

बाजुरा जिल्लाको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु

  • बाजुरा ।  जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका ४२ वर्षीय जंग बहादुर रावत रहेका छन् ।

    अभद्र व्यवहार मुद्दामा  रहेका रावत हिरासतमै बिरामी भएर अस्पताल लगिएको र उपचारकै क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    बिरामी भएर अस्पताल लगिएका थुनवा रावतको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रावतले पेट दुख्यो भनेर हिरासतबाट जिल्ला अस्पतालमा लगिएको  प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij