Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

आगामी वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको गृहकार्य सुरु

आगामी वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको गृहकार्य सुरु

  •  

    काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि तयारी प्रक्रिया सुरु गरेको छ। मन्त्रालयमा आयोजित समन्वय बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाई कार्य योजना बनाउने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गृहकार्य अघि बढाइएको हो।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश परियोजनाहरूको खरिद प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएका छन्। उनले बजेट पारित भएलगत्तै सम्झौता गर्न सकिने अवस्थामा तयारी गरेमा योजनाको कार्यान्वयन छिटो र प्रभावकारी हुने बताए।

    बैठकमा मुख्य सचिव एकनारायण अर्यालले बजेट कार्यान्वयनका लागि छुट्टै कानूनी प्रावधान आवश्यक नरहेको बताउँदै वर्तमान कानुनको दायरामै खरिद प्रक्रिया अघि बढाउन सकिने धारणा व्यक्त गरे।

    बैठकमा चालु आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनुपर्ने विषयमा पनि छलफल भयो। अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चित गरिएका तथा आवश्यक कागजातहरू पुरा भएका योजनाहरूका लागि अर्थ मन्त्रालयबाट सहजीकरण हुने बताए। उनले मन्त्रालयका सचिवहरूलाई प्रक्रियामा पुगिसकेका तथा सम्भव हुने योजनामात्र पठाउन आग्रह गर्दै आवश्यक परे बिदा र शनिबार पनि काम गर्न तयार रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij