Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

बालेनको आँगन: काठमाडौँ महानगरपालिका वडा न ३२मा सब इन्जिनियर मल्लकै सेटिङमा हुन्छ अनियमितता, सम्बन्धित निकाय मौन

बालेनको आँगन: काठमाडौँ महानगरपालिका वडा न ३२मा सब इन्जिनियर मल्लकै सेटिङमा हुन्छ अनियमितता, सम्बन्धित निकाय मौन

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न ३२मा निर्माणलगायतका  काममा अनियमिता हुने गरेको स्थानीयले बताएका छन् । वडा न ३२मा उपभोक्ता समितिमार्फत् हुने काम ,कोटेसन मार्फत् हुने काम, ठेक्कापट्टा, नक्शा पासलगायतका काममा अनियमितता हुने गरेको स्थानीयहरूले गुनासो गरेका हुन् ।

    काठमाठौँ महानगरपालिका वडा न ३२मा सब इन्जिनियरको रूपमा कार्यरत  रविमल्लले कोटेसनमा हुने काम लगायतका निर्माणका काममा २५ प्रतिशतसम्म कमिसन लिएर काम गर्ने गरेको बताइएको छ ।  मल्लले निर्माणको केटेसनको काममा वडाअध्यक्ष, वडा सचिव र इन्जिनियरलाई मिलाउनुपर्छ भन्दै २५ प्रतिशत कमिसनमा काम मिलाउने गरेको स्थानीयहरू बताउँछन् ।

    काठमाडौँ महानगरपालिका वडा न ३२मा उपभोक्ता समितिमार्फत हुने काम समेत कमिसनका लागि कोटेसनमा गर्ने गरेको स्थानीयहरूले बताएका छन् । वडा न ३२का वडा सचिव सुरेशकुमार दाहालका अनुसार यस वर्ष कोटेसनमा १५ वटा १० लाख वा सो भन्दा माथिका काम भएका छन् । १५ वटा कोटेसनमा काम हुँदा उपभोक्ता समितिमार्फत जम्मा ७ वटा काम मात्र भएका छन् । यसले पनि  स्वार्थ लुकेकै देखिन्छ । उपभोक्ता समिति मार्फत हुने काम किन ? कोटेसनमा दिइयो भनी एक स्थानीयले प्रश्न गरेका छन् । यससम्बन्धमा सब इन्जिनियर रवि मल्लसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् । वडा न ३२मा निर्माणको काममा मात्र नभएर अन्य कामहरूमा समेत कमिसनको खेल रहेको स्थानीयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij