Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट  एक भारतीय नागरिक पक्राउ

४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट  एक भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । प्रहरीले  ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट  एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्तलाई  पक्राउ गरेको हो ।   उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको जनाइएको छ ।

    काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा चढी उनी काठमाडौं आउँदै थिए । सोही क्रममा प्रहरीले  उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको  जनाएको छ ।

    उक्त सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ । पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij