Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

इनड्राइभ काठमाडौं कार्यालयको उ‌द्घाटन गरियो

इनड्राइभ काठमाडौं कार्यालयको उ‌द्घाटन गरियो

  • काठमाडौं । नेपालको एक अग्रणी राइड हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उ‌द्घाटन गरेको छ। यो चालक साझेदारहरुलाई सहयोग गर्ने र शहरभरि राइडहरुको लागि सेवाको गुणस्तर बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो। 

    नयाँ कार्यालयले चालक समुदायलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उ‌द्देश्यले विभिन्न सेवाहरुको लागि केन्द्रको रुपमा काम गर्नेछ। यो कार्यालयको सुरुवातसँगै, इनड्राइभले अब व्यक्तिगत रुपमा चालक सपोर्ट र प्रशिक्षण, समुदाय र सुरक्षा-केन्द्रित पहलहरु, स्थानीयकृत मार्केटिङ र साझेदारी कार्यक्रमहरु, तथा स्थानीय बजार अनुरूप आफ्नो सेवाहरु सञ्चालनका लागि समर्थन प्रदान गर्नेछ। 

    "हामी हामा चालक साझेदारहरू र काठमाडौँमा यहाँका समुदायका लागि हामा ढोका खोल्न पाउँदा उत्साहित छौं," इनड्राइभमा एपीएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले भने, "यो कार्यालय केवल कार्यस्थान मात्र होइन यो चालकहरूलाई सफल हुन र इनड्राइभ टोलीसँग साँच्चै जोडिएको महसुस गर्न डिजाइन गरिएको समर्थन केन्द्र हो।" 

    1.jpg

    नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरु सञ्चालन गरिनेछ जसले चालकहरुलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ। थप रुपमा, चालकहरुले कुनै समस्याको सामना गरेमा वा टोली सदस्यसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् । यो बलियो सम्बन्ध र पारस्परिक विश्वास निर्माण गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। यो सुरुवातले नेपाल बजारप्रति इनड्राइभको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जहाँ प्लेटफर्म यसको पारदर्शी, उचित मूल्य निर्धारण मोडेल र प्रयोगकर्तालाई प्राथमिकतामा राखे दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रुत रूपमा मनपर्ने विकल्प बनेको छ। 

    2.jpg

    इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले थपिन्ः "नेपाल इनड्राइभको लागि एक प्रमुख बजार हो, र यो नयाँ कार्यालय हामीले स्थानीय चालक समुदायसँग निर्माण गरिरहेको बलियो साझेदारीको प्रतिबिम्ब हो। स्थानीयरुपमा सपोर्टमा लगानी गरेर र हाम्रा चालकहरुको कुरा सुनेर, हामी साँच्चै मानिसहरुको लागि काम गर्ने प्लेटफर्म निर्माण गर्दैछौं। यो कार्यालयले हाम्रो प्लेटफर्मलाई शक्ति दिने चालकहरूप्रति हाम्रो गहिरो प्रतिब‌द्धतालाई प्रतिनिधित्व गर्दछ। यो त्यस्तो ठाउँ हो जहाँ तिनीहरु केवल प्रशिक्षण वा समर्थनको लागि मात्र नभई सुन्न, बढ्न र ठूलो कुराको हिस्सा बन्न पनि आउन सक्दछन् । हामी काठमाडौंमा हाम्रो कार्यालय खोल्न पाउँदा गर्व गछौँ।" 
    काठमाडौं कार्यालयको सुरुवातले चालक-केन्द्रित, पारदर्शी, र समुदाय-संचालित गतिशीलता प्लेटफर्मको रुपमा इनड्राइभको प्रतिष्ठालाई अझ बलियो बनाउँछ, जसले एक निष्पक्ष र लचिलो मोडेल प्रदान गर्दछ जसले नेपालभरि द्रुत रूपमा लोकप्रियता प्राप्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij