Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

  • मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गर्नुभएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको उद्घाटन गर्नुभएको हो ।

    मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो । प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गर्नुभएको थियोे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij