Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

नेपाल राष्ट्र बैंकद्वारा २५ अर्ब रकम उठाउन बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग

नेपाल राष्ट्र बैंकद्वारा २५ अर्ब रकम उठाउन बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट  २५ अर्ब रुपैयाँ उठाउन प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप ४२  दिनका लागि उठाउन प्रस्ताव माग गरेको हो।
    यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे सम्म अनलाइनमार्फत बोलकबोलमा सामेल गर्न आह्वान गरिएको छ । राष्ट्र बैंकले साँवा तथा ब्याज साउन ४ गते भुक्तानी गर्ने जनाएको छ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब ३१ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij