
काठमाडौँ । २० वर्ष मुनिका पहिलो राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ ।नेपालका युवाहरूमा बुद्धिचालको विकासलाई प्रवर्धन गर्ने उद्देश्यले दिपक तामाङको संयोजकमा बुढानीलकण्ठ युवा परिषद्को आयोजना, बुढानीलकण्ठ नगरपालिका बुद्धिचाल संघको सहकार्य र नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा ऐतिहासिक पहिलो राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता २०८२ बुढानीलकण्ठ नगरपालिकाको त्रिज्योति उच्च माध्यमिक विद्यालय, काठमाडौंमा जेठ २९ देखि ३१ गतेसम्म हुने भएको हो ।
बुद्धिचाल खेलको अन्तर्राष्ट्रिय संगठन फिडेद्वारा मान्यता प्राप्त राष्ट्रियस्तरको प्रतियोगिता (इभेन्ट कोडः ४२६०२२÷४२६०२३) सहितको यो प्रतियोगिता हो । यसमा २० वर्ष मुनिका २०० भन्दा बढी खेलाडीहरूले देशका विभिन्न भागबाट सहभागिता जनाउने अपेक्षा गरिएको छ। यस प्रतियोगिताले प्रतिभावान युवाहरुलाई राष्ट्रिय स्तरमा आफ्नो सीप प्रदर्शन गर्न उत्कृष्ट अवसर प्रदान गर्नेछ।
यो प्रतियोगिताको आयोजना गर्ने प्रमुख उद्देश्यहरू नेपाली नयाँ पुस्तामा बुद्धिचालको प्रचार–प्रसार गर्नु ,नेपाल बुद्धिचाल महासंघको लक्ष्यअनुसार देशभर बुद्धिचालको विकासमा सहयोग पु¥याउनु , नयाँ प्रतिभाहरुको पहिचान र तिनीहरूको मार्गदर्शन गर्नु, खेलप्रतिको रुचि वृद्धि गर्दै समावेशी खेल संस्कृतिको प्रवर्धन गर्नु, युवाहरूमा बौद्धिक क्षमता र सोचको विकासलाई प्रवर्धन गर्नु रहेको आयोजकले जारी विज्ञप्तिमा उल्लेख छ ।
यो प्रतियोगिताको विशेषताहरूमा सन् २००५ जनवरी १ पछि जन्मिएका सम्पूर्ण नेपाली खेलाडीहरूका लागि खुला रहेको यसमा नेपाल बुद्धिचाल महासंघमा दर्ता भएका खेलाडीहरूका लागि निःशुल्क प्रवेश रहेको जनाइएको छ ।
अपेक्षित सहभागी संख्या २२०बढी केटा र केटी दुवै सहभागी हुने खेलाडीहरूलाई फिडेको स्विस सिस्टम अनुसार ९ राउण्डको खेल हुनेछ । समय नियन्त्रणसम्बन्धी विषयमा प्रत्येक खेलाडीलाई ६० मिनेट पछि बढी चालसँगै ३० सेकेण्ड बृद्धि गरिने जनाइएको छ । बुढानीलकण्ठ नगरपालिका काठमाडौँमा आयोजना हुने उक्त प्रतियोगितामा डिफल्ट समय प्रत्येक राउण्डको तोकिएको समयबाट ३० मिनेट हुनेछ । जेठ२९ गते बिहान साढे नौ बजेतिर उद्घाटन हुने जनाइएको छ ।
राउण्ड १–३ बिहान १०ः०० बजे देखि सुरु हुनेछ । जेठ ३० गते राउण्ड ४–६ बिहान १०ः०० बजे देखि हुनेछ । जेठ ३१ राउण्ड ७–९ बिहान ९ः३० बजे देखि सुरुभई समापन समारोह दिउँसो ३ः०० बजे निर्धारण गरिएको छ ।
पुरस्कारहरूमा विजेताहरूलाई ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने जनाइएको छ ।
केटा केटी) श्रेणीमा प्रथम हुनेलाई चालीस हजार रुपैयाँ , दोस्रो हुनेलाई पच्चीस हजार, तेस्रो हुनेलाई पन्ध्र हजार, चौथो हुनेलाई दश हजार । पाँचौ हुनेलाई साढे सात हजार नगद पुरस्कार दिइने जनाइएको छ ।पुरस्कार राशिमा बुढानीलकण्ठ नगरपालिकाको नियम अनुसार २५ प्रतिशत कर लागु हुनेछ जनाइएको छ ।
यो कार्यक्रम नेपालका युवामा बुद्धिचाल विकासको दिशामा एक महत्वपूर्ण मोड हो । बुढानीलकण्ठ नगरपालिका युवा परिषद्ले आयोजना गर्न लागेको यो प्रतिष्ठित कार्यक्रमले नेपालको भावी खेल नेतृत्व विकास र बौद्धिक अनुशासनको सशक्त जग बसाउने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij