Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

अख्तियारद्वारा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी समेत १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्वारा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी समेत १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ प्रणालीमा भएको भ्रष्टाचारमा संलग्नहरू विरुद्ध मुद्दा दायर गरेको छ ।

    आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी अर्याल लगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । आयोगले दायर गरेको मुद्दामा  नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी जिकिर छ ।

    बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले उनीहरूमाथि मुद्दा दायर गरेको हो ।

    अख्तियारले ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो कायम गरी टेलिकमकी प्रबन्ध निर्देशक अर्याल, यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जनालाई प्रतिवादी बनाएर आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार १८ जनाको सूचीमा कर्मचारीहरु छन्। संचालकहरुलाई प्रतिवादी बनाइएको छैन।अख्तियारले बिलिङ प्रणाली मर्मतको ठेक्कामा आर्थिक चलखेल गरेको भन्दै मुद्दा दायर गरेको हो।सुनिल प्रबन्ध निर्देशक बनेपछि २०८० पुसमा सवा ३ अर्ब रुपैयाँमा पाँच वर्षका लागि एसिया इन्फोलाई बिलिङ प्रणालीको ठेक्कामा निरन्तरता दिने निर्णय भएको थियो।

    २०७९ पुस २४ गतेको संचालक समिति बैठकले एसिया इन्फो कम्पनीसँग चार वर्षका लागि मर्मत सम्भार सम्झौताको निर्णय गर्‍यो। त्यही संचालक समितिले आवश्यक परे थप एक वर्ष लम्ब्याउन सकिने प्रस्ताव पनि स्वीकृत गर्‍यो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij