Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

भिजिट भिसामा गृहका सचिव दवाडीलाई स्पष्टीकरण सोधियो

भिजिट भिसामा गृहका सचिव दवाडीलाई स्पष्टीकरण सोधियो

  • काठमाडौँ । भिजिट भिसा प्रकरणमा  गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडीलाई स्पष्टीकरण सोधिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारीको सरुवाबारे स्पष्टीकरण मागेको हो।

    यसैगरी सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्रचार गरिएको छ। जेठ २१ गते गृह मन्त्रालयमा पठाएको पत्रमा अध्यागमन कार्यालयमा जथाभाबी कर्मचारीको सरुवा किन गरिएको भनी जवाफ मागिएको छ । अध्यागमन कार्यालयमा गृहले दरबन्दीभन्दा बढी कर्मचारीको सरुवा गरेको थियो।

    भिजिट भिसा प्रकरण बाहिर आएपछि काजमा रहेका दर्जनभन्दा बढी कर्मचारीलाई गृहमा फिर्ता बोलाइएको छ। कर्मचारी सरुवाको बारेमा जानकारी दिनको लागि पत्राचार गरिएको  प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ ।जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख उपसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। उनले प्रयोग गर्ने मोबाइल र केही डिभाइस समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। आयोगले हाजिरी जमानीमा छोडेका भट्टराईको बयान भइरहेको छ।

    सोही  सेटिङमा काम गर्ने तीन जना एजेन्टलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ। आफ्ना मातहतका कर्मचारी अनुसन्धानमा तानिएपछि गृहमन्त्री रमेश लेखक प्रतिपक्षीको तारो बनेका छन्। उनको राजीनामा माग गर्दै प्रतिपक्षीहरूले संसद् अवरुद्ध  गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij