Logo

Jun 12 2025 | २०८२, जेठ २९गते

Jun 12 2025 | २०८२, जेठ २९गते

images

नागरिकता ऐन संशोधन विधेयक समितिबाट सर्वसम्मत पारित, गैरआवासीय नेपालीका लागि छुट्टै विधेयक ल्याइने

नागरिकता ऐन संशोधन विधेयक समितिबाट सर्वसम्मत पारित, गैरआवासीय नेपालीका लागि छुट्टै विधेयक ल्याइने

  • काठमाडौँ। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको आजको बैठकमा उक्त सर्वसम्मत रूपमा पारित भएको हो । 

     

    सो विधेयकमाथि संशोधन राख्नुभएका सांसद र सरोकारवालासँगको छलफलपछि पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । उहाँले अत्यन्त महत्त्वपूर्ण मानिएको नागरिकता विधेयकलाई सर्वसम्मतरूपमा पारित गराउन सहयोग गर्नेप्रति आभार प्रकट गर्नुभयो । 

     

    सभापति खतिवडाले नागरिकता प्राप्तिमा देखिएका अप्ठयारालाई विधेयकले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

     

    त्यसअघि उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नागरिकताका बारेमा सरकारले बेग्लै विधेयक प्रस्तुत गर्ने बताउनुभयो । “परराष्ट्र मन्त्रालय हुँदै उक्त विधेयक गृहमन्त्रालयमा आइसकेको छ । हामीले त्यसमा आफ्नो राय व्यक्त गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

     

    वर्तमान सरकार गठन भएको ११ महिना पुग्दै गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस अवधिमा मन्त्रालमा नीतिगत, कानुनी र संरचनागत सुधार गर्ने क्रममा विभिन्न विषयवस्तु भेटिएका र तिनलाई सुधार गर्ने क्रममा मन्त्रालय अघि बढेको बताउनुभयो । 

     

    “नेपाली नागरिकता ऐन, २०६३ (दोस्रो संशोधन)मा प्रस्तावित संशोधनमाथि सम्बद्ध गैरआवासीय नेपाली नागरिकता र ब्रिटिस गोर्खाको विषय उठिरहेको छ । गैरआवासीय नेपाली नागरिकताका विषयमा संविधानले नै यो व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली नागरिकता आफैँमा एउटा नागरिकता हो । यसमा हामी दुविधामा बस्नु हुँदैन । किनभने यो संविधानको नागरिकता भागमा नागरिकता भनेर उल्लेख गरेको विषय हो ।” 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij