Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसीद्वारा उद्घाटन हुने ‘अल्ट्राभोइलेट राइड’ काठमाडौंदेखि धुलिखेलसम्म

मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसीद्वारा उद्घाटन हुने ‘अल्ट्राभोइलेट राइड’ काठमाडौंदेखि धुलिखेलसम्म

  • काठमाडौं अल्ट्राभोइलेट राइड कार्यक्रम जेष्ठ ३१ गते (शनिबार) आयोजना हुन गइरहेको छ । उक्त राइडको उद्घाटन मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीले गर्न लागेकी हुन् ।

    कार्यक्रमको सुरुवातमा, बिहान :०० बजेदेखि :०० बजेसम्म नक्सालस्थित अल्ट्राभोइलेट शोरूममा मिस नेपाल आश्मा केसीसँग विशेष भेटघाट (Meet & Greet) को अवसर प्रदान गरिने जनाइएको छ । सहभागी तथा शुभेच्छुकहरूलाई सो समयमा सहभागी भई मिस नेपालसँग भेटघाट गर्न आमन्त्रित गरिन्छ।

    केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार, राइड नक्सालस्थित शोरूमबाट सुरु भई नयाँ बानेश्वरभक्तपुरबनेपा हुँदै धुलिखेलमा पुगेर समापन हुनेछ।

    यस राइडमा अल्ट्राभोइलेट बाइकका साथै २५० सीसीभन्दा माथिका अन्य कम्पनीका बाइक राइडरहरू पनि सहभागी हुनेछन्।
    कोइरालाका अनुसार, अफरोड अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको हो।

    राइडमा सहभागी हुने इच्छुक राइडरहरूले आफ्नै बाइक पेट्रोलको व्यवस्था गर्नुपर्नेछ, भने अन्य सबै व्यवस्थापन आयोजक कम्पनीले गर्नेछ।

    नेपाल को १०९ वर्ष पुरानो घराना, केडिया अर्गनाइजेसन अन्तर्गत केडिया इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा अल्ट्रावायलेट लामो समय देखि बिक्रि वितरण गर्दै आइरक्खेको छ। अल्ट्रावायलेट एउटा उच्च खण्डको प्रतिष्ठित बाइक हो। अल्ट्रावायलेट प्रेमियम खण्डमा पर्दछ र यसको शोरुम नेपालको नक्सालमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij