Logo

Jun 13 2025 | २०८२, जेठ ३०गते

Jun 13 2025 | २०८२, जेठ ३०गते

images

बिल भर्पाइ बिना सुनचाँदीका गहना बेचेको आरोपमा पसल सञ्चालकसहित चार जना भारतीय पक्राउ

बिल भर्पाइ बिना सुनचाँदीका गहना बेचेको आरोपमा पसल सञ्चालकसहित चार जना भारतीय पक्राउ

  • काठमाडौँ । प्रहरीले  काठमाडौँको  एक गहना पसलबाट बिल–भर्पाइ नभएका दुई करोड रुपैयाँभन्दा बढीका सुनचाँदीका गहना, हिरा तथा पत्थर बरामद गरेको  छ। साथै प्रहरीले उक्त बरामदीपछि  पसल सञ्चालकसहित चार जना भारतीयलाई पक्राउ गरेको हो ।

    काठमाडौँ महानगरपालिका–२२ प्युखा कृष्णचोकस्थित मुन्ना जेम एण्ड ज्वेलर्समा  बिल बिनै गरगहनाको कारोबार गरिरहेको सूचना प्रहरीले पायो । सो सूचनाको  आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त टोलीले बुधबार मुन्ना जेम एण्ड ज्वेलर्समा छापा मा¥यो । छापामार्दा  २ करोड १ लाख ७८ हजार ३ सय ६० रुपैयाँ बराबरका सुन, हिरा तथा पत्थरका गरगहना बरामद भएपछि  प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

    पक्राउ पर्नेमा भारतको कोलकाताका हबिबुल शेख, सुरोजित दास, तमोल साद्रा र समिम शेख रहेका छन्।  ती मध्ये हबिबुल पसलका सञ्चालक हुन्। प्रहरीका अनुसार खानतलासीमा बरामद गरगहना र पत्थरको बिल भर्पाइ उनीहरुले देखाउन नसकेका हुन् ।बरामद गरहगनासहित उनीहरुलाई कार्बाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij