
काठमाडौँ । स्रोत नखुलेको झण्डै ४० लाख रकमसहित क्षेत्रपाटीबाट दुई जना पक्राउ परेका छन्। स्रोत नखुलेको ३९ लाख ८९ हजार चार सय रुपैयाँसहित काठमाडौंको क्षेत्रपाटीबाट श्याम खड्का र ओखलढुंगाका धनबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उक्त रकमसहित पक्राउ पर्ने श्याम खड्का नुवाकोटका र धनबहादुर श्रेष्ठ ओखलढुंगाका हुन्। उनीहरूलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij