Logo

Jun 14 2025 | २०८२, जेठ ३१गते

Jun 14 2025 | २०८२, जेठ ३१गते

images

तीनकुने घटनामा दुर्गा प्रसाइँलाई थुनामा पठाउन आदेश

तीनकुने घटनामा दुर्गा प्रसाइँलाई थुनामा पठाउन आदेश

  • काठमाडौँ । तीनकुने घटनामा अदालतले  मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएलगत्तै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सो आदेश गरेका हुन् ।

    काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा २०८१ चैत १५ मा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँसमेत ३९ जना प्रहरीको हिरासतमा थुनामा रहेका थिए ।

    सरकारले  प्रसाईँ विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुनपर्ने मागदाबीसहित मुद्दा दायर गरेको  थियो। प्रसाईँको तर्फबाट बरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा. भिमार्जुन आचार्य, बालकृष्ण न्यौपाने , सुशिल पन्त, लव कुमार मैनाली, अधिवक्ता दिपेन्द्र झा, रेनुका देवी सिटौला, दिवश खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij